देश/प्रदेश

माधव नेपाललाई पनि कोरोना संक्रमण

Banner

चितवन, पुस २७–

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्ट अनुसार अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>