देश/प्रदेश
एमाले प्रदेश अधिवेशन माघ २८ र २९ मा सर्यो
०

काठमाडौँ, पुस २७-
एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ ।
एमालेले आगामी ८ माघमा सात प्रदेशमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ । यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ माघमा तय भएको प्रदेश अधिवेशन सरेको जानकारी दिए । ८ माघका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























