देश/प्रदेश
लुम्बिनी प्रदेश सरकारको निर्णयः अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारी हटायो
०

लुम्बिनी, पुस २६–
अघिल्लो सरकारले गरेको निर्णय लुम्बिनी प्रदेश सरकारले उल्टाएको छ । तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले मनोनित गरेको अस्पताल विकास समितिका अध्यक्ष र पदाधिकारीलाई कुलप्रसाद केसी नेतृत्वको सरकारले हटाएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले नियुक्त गरेका प्रादेशिक र जिल्ला अस्पतालका अध्यक्ष र सदस्य हटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता मन्त्री तिलकराम शर्माले जानकारी दिए ।
यस्तै बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन तथा कार्य सञ्चालन आदेश–२०७६ पनि खारेज गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























