Breaking News
उन्नत भनिएको तन्त्रले समयमात्रै बर्बाद गर्यो, देश परायाको खेल मैदान बन्यो: पूर्वराजा शाहा
०

चितवन, पुस २६-
पूर्वराजा ज्ञानेन्द्र शाहले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको बताएका छन् ।
३०० औँ पृथ्वी जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रति घुमाउरो तरिकाले अब यसको विकल्प खोज्न ढिला गर्न नहुने संकेत गरेका छन् ।
भनेका छन्, ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रतिनै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनुहुँदैन ।’
उनले राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र बडामहाराजधिराजका योगदान एवम् दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























