Breaking News
कोभिड फैलिन थालेपछि राष्ट्र बैंकको सर्कुलरः बैंकले भीड नहुने व्यवस्था मिलाउनू (सूचनासहित)

चितवन, पुस २६-
कोभिड–१९ को संक्रमण फैलिन थालेपछि चितवनसहित देशभरका राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्कता अपनाउन भनेको छ।
राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गर्दै ‘सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाइ सेवा प्रवाह गर्ने’ व्यवस्था मिलाउन भनेको छ।
सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न पनि भनेको छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाले सञ्चालन गरेको एटीएम बुथहरुबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजरलगायका सामाग्रीको व्यवस्था गर्न भनेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुल माध्यमबाट गर्ने व्यवस्था मिलाउन भनेको छ ।
























