खेलकुद

सेन्ट्रल कलेज ए डिभिजन चितवन जिल्ला लिगमा रामपुर पहिलो

Banner

चितवन, पुस २५-

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा रामपुर फुटबल क्लब रड्सले पहिलो जित निकालेको छ ।

आज भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३–१ ले पाखा लगायो । रामपुरको जितमा विशाल तामाङ, विशेष तामाङ र समिप ढकालले एक–एक गोल गरे । एस्ट्रलका अभिषेक महतोले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै विशालले गोल गर्दै रामपुरलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा एस्ट्रलका अभिषेकले बराबरी गोल फर्कायो । पहिलो हाफमा नै रामपुरले फेरि अग्रता लियो । पहिलो हाफा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा विशेषले गोल गर्दै पुनः रामपुरलाई अग्रता दिलाए । दोस्रो हाफमा रामपुरले थप एक गोल ग¥यो । ७५ औं मिनेटमा समिपले गोल गर्दै ३–१ को जित सुनिश्चित गरे । जितसँगै रामपुरले समूह ‘बी’ मा तीन अंक बनाएको छ । एस्ट्रल भने अंकबिहीन छ ।

आजकै दोस्रो खेलमा यात्रा ग्रुप भरतपुर र नारायणी एफसी भिड्नेछन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।

लिग विजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ हजार प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>