Breaking News

चितवन महोत्सव आजदेखी, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

Banner

चितवन, पुस २५-

चितवन महोत्सव आज (आइतबार)देखि सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु हुन लागेको १० दिने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डबाट हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवको प्रवद्र्धकमा भरतपुर महानगरपालिका र जिल्ला समन्वयन समिति रहेका छन् ।

यसअघि २०७५ सालमा १२ औं संस्करणको महोत्सव भएको थियो । १३ औं संस्करणको महोत्सव हुन लागेको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु चितवन महोत्सव प्रमुख उद्देश्य रहेको बताउनु भयो । उहाँका अनुसार महोत्सवमा ३५० वटा स्टल रहनेछन् । एकै प्रकृतिका वस्तु तथा उत्पादनका लागि छुट्टाछुट्टै परिसर तोकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मेड इन नेपालको छुट्टै स्थान छ । अटोको छुट्टै, कृषिको छुट्टै, इलेक्ट्रिकको छुट्टै र अन्य व्यावसायीहरुको छुट्टैछुट्टै स्थान तोकेर परिसर बनाएका छौं ।’

स्थानीय उत्पादनको बजारिकरणमा यसपाली महलाई जोड दिइएको छ । महोत्सव परिसरमा मौरीको डमी पनि प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

यीलगायत महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न जनजाती र भाषाभाषि सबैको सांस्कृतिक प्रदर्शन रहने उहाँले बताउनु भयो । २८ गतेदेखि २ गतेसम्म क्याम्पस चौरमा फुड फेस्टिबल पनि हुनेछ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि क्षेत्रको विकासका लागि ४ दिनसम्म यससम्बन्धि विज्ञहरु बोलाएर महोत्सवमा गोष्ठी सेमिनार गरिने उहाँले बताउनु भयो ।

कोभिडको सुरक्षाका लागि टिकटसँगै मास्क वितरण तथा स्यानीटाइजर उपलब्ध गराउने बताउँदै उहाँले मास्क लगाएको नलगाएको अनुगमन पनि हुने बताउनु भयो ।

महोत्सव उद्योग वाणिज्य संघ चितवनको आयोजनामामात्र नभै समग्र चितवनवासीकै आयोजना भएको बताउँदै उहाँले सबैलाई महोत्सव अवलोकन गर्न आग्रह गर्नु भाएको छ ।

महोत्सव व्यवस्थापनका लागि ३० वटा विभिन्न समिति बनाएर काम गरिएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवको आर्थिक समिति संयोजक एवम् उवासंघका निवर्तमान अध्यक्ष सहनलाल प्रधानले उद्घाटन अघिसम्म महोत्सवमा ५० लाखभन्दा बढी खर्च भइसकेको बताउनु भयो । उहाँले महोत्सवबाट सम्पूर्ण खर्च कटाएर ७० लाख रुपैयाँ बचत हुने अनुमान गरिएको बताउनु भयो ।स्टलको दर महोत्सव अवधिभरको वस्तुहरु हेरेर ७ हजारदेखि २५ हजारसम्म रहेको बताउँदै उहाँले ३५ वटा स्टल निशुल्क उपलब्ध गराइएको बताउनु भयो । उहाँले महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ रहेको बताउँदै विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको जानकारी दिनुभयो ।

प्रवद्र्धन समितिका संयोजक सुमनकुमार श्रेष्ठले आफूहरुले समग्र चितवनवासीलाई महोत्सवमा आउन विभिन्न माध्यमबाट आग्रह गरेको बताउनु भयो । उहाँले महोत्सवमा करिब ५ लाख जनाले अवलोकन गर्ने अपेक्षा रहेको बताउनु भयो ।

उहाँले महोत्सव उद्घाटनअघि विभिन्न जनजातीहरु सहितको झाँकी ¥याली गरिने जानकारी दिनुभयो । र्‍याली महोत्सव परिसरबाट निस्केर पोखरा बसपार्कहुँदै पुतलीबजार हुँदै, शहीद चोक, लायन्सचोक, पुल्चोक हुँदै पुनः महोत्सव परिसरमा पुग्ने छ । उद्घाटन सत्रका बेला भने प्रवेश निःशुल्क रहेको बताउँदै उहाँले उद्घाटन सत्र सकिएपछि दिउँसोबाट टिकट लाग्ने बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>