अर्थ

नगरपालिका व्यापारिक भवनको बक्यौता रकम तिरेपछि प्राधिकरणले जोड्यो बत्ती

Banner

मङ्गलबारे, पुस २४-

बक्यौता रहेको रु एक लाख ७२ हजार महसुल रकम तिरेपछि इलाम नगरपालिकाको व्यापारिक भवन सिटी मार्टको लाइन पुनः सञ्चालन भएको छ ।

विद्युत् महसुल नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले सो मार्टको लाइन काटेको थियो । व्यापारिक महललगायत एक हजार २५० जना ग्राहकको लाइन काटेको सम्बन्धी समाचार शुक्रबार राससमा आएको थियो । समाचार आएपछि नगरपालिकाले पैसा महसुल तिरेको छ । महसुल तिरेपछि विद्युत् सञ्चालन भएको हो ।

हालसम्मको बक्यौता रकम रु एक लाख ७२ हजार महसुल नगरपालिकाले तिरेपछि पुनः विद्युत् लाइन सञ्चालन भएको नेपाल विद्युत् प्राधिकणका प्रमुख देवराज पौडेलले जानकारी दिनुभयो । ‘६० दिनभित्र महसुल नतिरे लाइन काट्नुपर्ने प्रावधान छ । इलाम नगरपालिकाले चार महिनाको महसुल बुझाउन बाँकी रहेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० जना ग्राहकको विद्युत् लाइन काटेको छ । गएको साउनदेखि हालसम्ममा दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बालेर ६० दिनसम्म पैसा नतिर्ने ग्राहकको विद्युत् काटिएको प्राधिकरण इलामका प्रमुख देवराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्युत् काटिए पनि करिब ९० प्रतिशत ग्राहकले पुनः महसुल तिरेपछि विद्युत् जडान गरिएको छ । करिब १० प्रतिशत ग्राहकले अझै महसुल नतिरेपछि विद्युत् जडान गरिएको छैन । बत्ती काट्न थालेपछि अटेर गर्ने ग्राकहहले समयमा नै पैसा तिर्ने भएकाले पनि प्राधिकरणले यस्तो गर्न थालेको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>