अपराध

पर्सामा चारदिनदेखि बालक बेपता, शव गम्छाले घाँटी बेरिएको अवस्थामा फेला

Banner

पर्सा, पुस २४-

पर्सामा चारदिनदेखि हराएको एक बालकको शव गम्छाले घाँटी बेरिएको अवस्थामा भेटियो छ ।

पर्साको जगरनाथपुर गाउँपालिका-६ सन्ठीमास्थानीय नागेश्वर पटेलका १२ वर्षीय छोरा मन्टु पटेलको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओम प्रकाश खनालका अनुसार बालकको शव घाँटीमा गम्छा कसिएको अवस्थामा भेटिएको र शंकास्पद भएर चार जनालाई निगरानीमा राखेर अनुसन्धान गरिएको छ ।

बालकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय, पोखरियाका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>