बजार

टेस्लाको ब्राण्ड एम्बास्डरमा पाँच वर्षीय निकोलस

Banner

चितवन, पुस २३–

चितवनमा मुख्य कार्यालय रहेको टेस्ला एयर कन्डिस्नरको ब्राण्ड एम्बास्डर पाँच वर्षीय बालक निकोलस आचार्य बनेका छन् ।

निकोलसलाई टेस्लाको अबको ब्राण्ड एम्बास्डरमा नियुक्त गरिएको टेस्ला एयर कन्डिस्नरका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले जानकारी दिएका छन् ।

टेस्लाको प्रचार–प्रसार सामग्रीमा निकोलसको तस्विर राखेर टेस्लाको ब्राण्ड प्रवद्र्धनको काम सुरु गरिएको आचार्यले बताए। टेस्ला नेपाली एयर कन्डिस्नर ब्राण्ड हो । विगत ७ वर्षदेखि नेपालमा टेस्ला ब्राण्डका एयर कन्डिस्नर उत्पादन तथा बिक्री हुँदै आइरहेको छ ।

भूलक्ष्मी ग्रुपमार्फत उत्पादित टेस्ला ब्राण्ड नेपाली बजारमा लोकप्रिय बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>