चितवन विशेष

चितवनका थारु कलाकारलाई सम्मान गरिने

Banner

चितवन, पुस २३–

चितवनका विभिन्न विद्यामा क्रियाशील थारु अग्रजहरुलाई थारु कलाकार सभाले सम्मान गर्दै छ । पर्यटकीय क्षेत्र सौराहामा एक विशेष कार्यक्रम आयोजना गरी सम्मान गर्न लागेको हो ।

थारु कलाकार सभाको आयोजना तथा थारु कल्याणकारिण सभा चितवनको प्रवद्र्धनमा आयोजना हुन लागेको कार्यक्रममा चितवनका पहिलो थारु चलचित्र निर्माता, पहिलो थारु पत्रकार, पहिलो थारु साहित्यकार, पहिलो नायक नायिका, गायक गायिका, कथा, शब्द, संगीत, चलचित्र निर्देशक, नृत्य निर्देशक, गिती एल्ब, सम्पादक लाई सम्मान गर्न लागिएको थारु कलाकार सभा चितवनका अध्यक्ष सुरेश चौधरीले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा थारु थारु चलचित्रकर्मी २०७७ यूटुबमा रिलिज गीत, संगीतमा क्रियाशीललाई पनि सम्मान गरिदैछ । श्रृगार, ड्रेस, शब्द संगीत, छायांकन, नृन्य निर्देशक, सम्पादन, छोटो चलचित्र, हास्य कलाकार, बाल कलाकार लगायतका विद्यामा समेत सम्मान गरिने कार्यक्रम छ । सर्वाधिक छोटो चलचित्र, सर्वाधिक म्यूजिक भिडियोमा कामगर्ने तथा नव आगमनलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको थारु कलाकार सभा चितवनका सचिव हिरा चौधरीले बताउनुभयो ।

दिउँसो १ बजे सौराहा स्थित थारु कल्चर हाउसमा कार्यक्रम आयोजना हुँदैछ । कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरी प्रमुख अतिथि रहनुहुनेछ भने थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी विशिष्ट अतिथि रहनुहुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>