खेलकुद

चितवन जिल्ला लीगः पानस र गीतानगर ब्वाइजले अंक बाँडे

Banner

चितवन, पुस २३–

सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा पानस युवा क्लब र गीतानगर ब्वाइजले अंक बाँडेका छन् ।

आज (शुक्रबार) भएको दोस्रो खेलमा गोलरहित बराबरी गर्दै पानस र गीतानगर ब्वाइजले एक÷एक अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले प्राप्त केही अवसर सदुपयोग गर्न सकेनन् ।

पानसका लागि गीतानगरका गोलरक्षक अमृत गुरुङ बाधक बने । उनले पानसको आधा दर्जन बढी प्रहार बिफल पारे । गीतानगरको फिनिसिङ कमजोर देखियो । यससँगै गीतानगरले दुई खेलबाट एक अंक बटुलेको छ । गीतानगर यस अघि पहिलो खेलमा माडी ११ सँग ४–१ ले पराजित भएको थियो ।

उता पानसले एक खेलबाट एक अंक बटुलेको छ । खेलको म्यान अफ दि म्याच गीतानगरका गोलरक्षक अमृत गुरुङ घोषित भए ।

यसअघि आजै सम्पन्न पहिलो खेलमा यात्रा ग्रुप भरतपुर बिजयी भएको थियो । यात्राले रामपुर फुटबल क्लब रड्सलाई १–० ले पाखा लगायो ।

यात्राको जितमा विवेक थापा मगरले गोल गरे । खेलमा रामपुरले गोल गर्ने प्रसस्तै अवसर पाए पनि सदुपयोग गर्न सकेन । यात्राका डिफेन्डर र गोलरक्षक रामपुरका लागि बाधक बने ।

यात्राले कमै अवसर पाए पनि प्राप्त अवसर सदुपयोग गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा यात्राले गोल गर्न सफल भयो । खेलको ६६ औं मिनेटमा यात्राका विवेकले डि बक्स बाहिरबाट सुन्दर चिप गोल गरे । उक्त गोल नै खेलको निर्णायक गोल बन्यो ।

खेलको म्यान अफ दि म्याच यात्राका गोलरक्षक सौरभ कंडेल घोषित भए । उनले आधा दर्जन बढी उत्कृष्ट बचाउ गरेका थिए । जितसंगै यात्राले ३ अंक बटुल्यो ।

लिग अन्तर्गत शनिबार तीन खेल हुनेछ । शनिबारको पहिलो खेलमा नारायणगढ फुटबल क्लब ९एनएफसी० र सौराहा युवा समाज भिड्नेछन् । दुबै टोली पहिलो जितको खोजीमा हुनेछ । एनएफसी पहिलो खेलमा भरतपुर फुटबल क्लब ९बीएफसी० सँग ४(० ले पराजित भएको थियो भने सौराहा नारायणी मोटर्स युनिक एफसी बसेनीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

शनिबारको दोस्रो खेलमा केबीए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) र माडी ११ भिड्नेछन् । दुबै टोली दोस्रो जितको खोजिमा हुनेछन् । बीएफसीले पहिलो खेलमा नारायणगढ फुटबल क्लबलाई ४–० ले हराएको थियो भने माडीले गीतानगर ब्वाइजलाई ४–१ ले पराजित गरेको थियो । यो खेल दिउँसो १ बजे हुनेछ ।

शनिबारकै तेस्रो खेलमा सेन्ट्रल कलेज एभरेष्ट क्लब र हर्दी युवा समाज भिड्नेछन् । यि दुबै टोली पनि लगातार दोस्रो जितकै खोजिमा हुनेछन् । हर्दीले पहिलो खेलमा एस्ट्रल युथ सोसाइटी चोकबजारलाई २(१ ले हराएको थियो भने एभरेष्टले नारायणी एफसीलाई ४-१ ले पराजित गरेको थियो । यो खेल दिउँसो ३स्३० बजे हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ हजार प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>