चितवन विशेष

फोनिज बागमतीको अध्यक्षमा श्रेष्ठ, चितवनबाट पदाधिकारीसहित पाँच जना निर्वाचित

Banner

चितवन, पुस २३–

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन् । मकवानपुरको हेटौंडामा दुई दिनसम्म चलेको दोस्रो प्रादेशिक अधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

उपाध्यक्षमा राजेश रुम्बा चयन भएका छन् । उनी फोनिज चितवनको प्रतिनिधित्व गर्दै उपाध्यक्ष बनेका हुन् । उपाध्यक्ष (महिला) मा डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर, सचिव (संगठन)मा शिशिर दोङ, सचिव (सस्थागत)मा राजु नापित र कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन भएका छन् ।

यस्तै खुल्लातर्फ सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ (अस्मि), पासाङ शेर्पा, पूर्णबहादुर मगर (विशाल), उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ, संस्थागत सदस्यहरुमा रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी र हिरालाल गुरुङ चयन भएका छन् । विशाल मगर, संजय चौधरी र हिरालाल गुरुङ चितवनका हुन् ।

यस्तै लेखा संयोजकमा राजेन्द्र मानन्धर, सदस्यमा दोलख गुरुङ र राकेश चौधरी चयन भएका छन् । चौधरी चितवनका हुन् ।

अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यमा रिदेन महर्जन र रसिया श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै संघीय महाधिवेशन प्रतिनिधिमा पेमा लामा, पूर्णभक्त दुवाल र सम्झना श्रेष्ठ चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>