Breaking News

दुधको मूल्य बढाउने तयारीमा सरकारः प्रतिलिटर ८ देखि १० रुपैयाँ बढ्ने

Banner

काठमाडौं,पुस २३-

सरकारले दुधको मूल्य निर्धारणका लागि प्रकृया थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक समिति बनाएर राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सातवटै प्रदेशमा अध्ययन गरिसकेको छ । अध्ययनका आधारमा प्रतिवेदन तयार पार्ने काम भैरहेको बोर्डका प्रमुख राजेन्द्र यादवले बताउनुभयो ।

आइतबारसम्ममा प्रतिवेदन मन्त्रालयलाई बुझाउने तयारी छ । मन्त्रालयले प्रतिवेदन अध्ययन गरी दुग्धको मूल्य निर्धारण गर्नेछ । दाना, चोकरलगायत दुध उत्पादनका बस्तुको मूल्य बढेकाले दूधको मूल्य बढाउन किसान र उद्योगबाट प्रस्ताव आएको बोर्डले जनाएको छ । बोर्डले प्रतिलिटरमा ८ देखि १० रुपैयाँसम्म बढाउनेगरी गृहकार्य गरिरहेको छ । यसअघि २०७६ साल भदौमा दूधको मूल्य ६ रुपैयाँले बढेर प्रतिलिटर ७६ रुपैयाँ तय भएको थियो । त्यसयता दुधको मूल्य वृद्धि भएको छैन । यसपालि कच्चा दुधकै मूल्य निर्धारण हुने र त्यसका आधारमा प्रशोधित दुधको अर्को मूल्य निर्धारण गर्ने तयारी छ ।

वाग्मती प्रदेश दुग्ध विकास बोर्डले दश रुपैयाँ मूल्य बढाउन कृषि मन्त्रालयलाई सिफारिस गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>