Breaking News

जनकपुरमा मोटरसाइकलको टयांकीभित्र भेटियो ३८ लाख, एक जना पक्राउ

Banner

जनकपुरधाम, पुस २२-

भारतबाट नेपालतर्फ आउँदा मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ वर्षीय अमितकुमार यादव छन् ।

यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको सशस्त्र प्रहरी निरीक्षक सजय बरालले जानकारी दिए ।

बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको टयांकीमा बिर्काेको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा रकम भेटेको हो ।

पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनलाई अन्य अनुसन्धानका निम्ति नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>