Breaking News

कार्यसम्पादनका आधारमा चितवन प्रहरी बागमती प्रदेशकै उत्कृष्ट

Banner

चितवन, पुस २१-

कार्यसम्पादनका आधारमा चितवन प्रहरी वाग्मती प्रदेशका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरु मध्ये उत्कृष्ट बनेको छ ।

बागमती प्रदेशका सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सूचांकको आधारमा चितवन प्रहरी पहिलो बनेको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट आन्तरिक कार्य सम्पादन मूल्याङकन– २०७८ अनुसार मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय चितवन प्रथम स्थान हासिल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ । जिल्ला प्रहरी प्रमुख ओम अधिकारीले उत्कृष्ट भएको अवसरमा जिम्मेवारीमा उच्च ब्यवसायिकता प्रदर्शन गर्दै लगनशिल भई त्रुटीरहित ढंगले परिणाममुखी कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई धन्यवाद दिएका छन् । उनले अगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>