Breaking News

मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गर्ने

Banner

काठमाडौँ, पुस २१-

प्रधानमन्त्री देउवाले आज दिउँसो साढे १ बजे मन्त्रिपरिषदको बैठकका लागि सरकारी निवास (बालुवाटार) बोलाएका छन्। मन्त्रिपरिषद् बैठक लगतै प्रधानमन्त्री देउवाले मन्त्रीसहित सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्।

बैठकमा सरकारका कामरकारबाही, आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तथा प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल हुने बताइएको छ।

यसपछि दिउँसो ३ बजे सिंहदरबारमा प्रधानमन्त्री देउवाले ​सरकारका काम कारबाबहीलगायत विषयमा सबै मन्त्री र सचिवसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>