अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा ओमिक्रोनबाट पहिलो पटक दुई जनाको मृत्यु

Banner

सोल, पुस २०–

कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरसबाट दक्षिण कोरियामा पहिलो पटक दुई जनाको मृत्यु भएको छ ।

दक्षिण कोरियाका सरकारी अधिकारीहरूले सोमबार दुई जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्दै चिन्ता व्यक्त गरेका छन् ।

ओमिक्रोनले पनि महामारीको रूप लिनसक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेको समाचारमा जनाइएको छ ।

राजधानी सोलबाट ३३० किलोमिटर टाढा पर्ने ग्वान्जौमा उनीहरूको मृत्यु भएको हो । सङ्क्रमण पुष्टि भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको थियो ।

मृत्यु भएका दुवै जना झन्डै ९० वर्षका थिए । उनीहरूमध्ये एक जनाको डिसेम्बर २७ मा र एक जनाको डिसेम्बर २९ मा मृत्यु भए पनि ओमिक्रोनबाट मृत्यु भएको भन्ने विवरण भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>