अन्तर्राष्ट्रिय

दिल्लीका मुख्यमन्त्री केजरीवाल कोरोना संक्रमित

Banner

दिल्ली, पुस २०–

भारतमा पछिल्लो समयम कोरोना संक्रमणदर बढ्दो क्रममा छ ।

यसैक्रममा नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोना संक्रमित भएका छन् । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् । कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’

मुख्यमन्त्री केजरीवालले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>