चितवन विशेष

राष्ट्रिय ख्रीष्टियन महासंघको १४औं राष्ट्रिय भेला सौराहामा सुरु

Banner

चितवन, पुस १९–

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालको १४औं राष्ट्रिय भेला चितवनको सौराहामा सुरु भएको छ ।

आज (सोमबार) औपचारिक कार्यक्रमकाबीच भेलाको सुरुवात गरिएको हो । भेलामा देशभरबाट ३५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । भेलाले नयाँ योजना पारित गर्दै विगतमा सरकारसंग भएका सम्झौताहरुलाई कार्यान्वयन गराउन दवाब दिने रणनीति तय गरिने महासंघका अध्यक्ष सीबी गहतराजले जानकारीले दिए ।

महासंघले विगतमा सरकारसंग ख्रीष्टियन धर्मावलम्बीहरुको हकहितका लागि ३ बुँदे र ६ बुँदे सहमति गरेको थियो । अध्यक्ष गहतराजले यसवर्ष सरकारले क्रिसमसमा बिदा दिएर सम्मान गरेको भन्दै अब इस्टरहरुका लागि समेत बिदा दिलाउने बताए । कार्यक्रममा पूर्व गृहराज्य मन्त्री रिजवान अन्सारी, जनजाति अगुवा आंकाजी शेर्पालगायतले ख्रीष्टियन समुदायले आफ्नो हकहितका लागि अझै लड्ने बेला भएको बताएका थिए । उनीहरुलाई ख्रीष्टियनहरुलाई छुट्टै पार्टी खोल्न समेत सुझाएका थिए । चार दिनसम्म चल्ने भेलाले सौराहा घोषणा पत्र जारी गर्दै सकिने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>