अन्तर्राष्ट्रिय
उत्तरपूर्वी चीनमा भूमिगत आगलागीमा परी ९ जनाको मृत्यु
०

डालियान, पुस १८-
उत्तरपूर्वी चीनको डालियान शहरको एक बजार मुनिको भूमिगत क्षेत्रमा शुक्रबार भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
उक्त दुर्घटना शुक्रबार बिहान ११:११ मा भएको थियो र दिउँसो १:०० बजे आगो निभाइएको थियो। आगो निभाउने क्रममा नौ जना पीडितमध्ये एकजना अग्निनियन्त्रकको मृत्यु भएको थियो ।
पाँच जना सामान्य घाइते भएका छन् र उपचाररत छन् । त्यसैगरी चार जना अझै अस्पतालमा छन् भने एक जना डिस्चार्ज भइसकेका छन् । दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























