Breaking News

चितवनबाट फेरि थपियो कांग्रेसको केन्द्रीय सदस्य

Banner

चितवन, पुस १७–

नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक चितवन जिल्लाले धेरै केन्द्रीय सदस्य पाएको छ ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनबाट निर्वाचन लडेरै पाँच जना केन्द्रीय सदस्य बने भने थप एक केन्द्रीय सदस्य मनोनितबाट पाएको छ ।

सभापति शेरबदादुर देउवाले चितवनकी नेतृ उमा रेग्मीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । नेतृ रेग्मी हाल देउवा सरकारमै महिला, बालबालिका मन्त्री छन् । उनी नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष समेत हुन् ।

यसअघि निर्वाचनबाट टेकप्रसाद गुरुङ, उमेश श्रेष्ठ, अञ्जनी श्रेष्ठ, दिनेश कोइराला र शान्ति परियार केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>