खैरहनी

न्यू इएर इभमा द एज ब्यान्डले सौराहा तताउने

Banner

चितवन, पुस १६–

पर्यटकिय नगरी सौराहामा अंग्रेजी नया वर्ष २०२२ को पूर्वसन्ध्यामा आज शुक्रवार द एज ब्यान्ड सौराहा तताउने भएका छन् । देशका विभिन्न ठाउबाट नया वर्ष मनाउन सौराहा आएका पर्यटकहरुलाई द एज ब्यान्डले सांगितिक कार्यक्रममा झुमाउने आयोजकले बताए ।

कार्यक्रममा द एज ब्यान्ड को तिम्रो याद, यो जुनिभर तिमिलाई, कस्तो यो दिन, नचाहेको हैन तिमिलाई जस्ता चर्चित गितहरु प्रस्तुति रहेने छ । कार्यक्रमा एकोस्टीक बैंडको पनि प्रस्तुति रहने गौतमले बताए ।

दुइ वर्ष देखि थलिएको सौराहाको पर्यटन क्षेत्रलाई उकास्नको लागि यो कार्यक्रम गरिएको एवि इभेन्टसका अंकित गौतमले जानकारी दिए । सौराहाको पर्यटनले प्रबद्र्धनले यस कार्यक्रमको महत्वपूर्ण भूमिका खेल्नेछ ।

कार्यक्रम रत्ननगर ७ सिसुवार चौरमा आयोजना गरिने कार्यक्रमलागि प्रति ब्यक्ति ५०० र १००० को टिकटको व्यवस्था गरिएको गौतमले बताए । कार्यक्रम साझ ५ बजे देखि शुरु भइ राति साढे १२ बजे सम्म सञ्चालन हुने इभेन्ट म्यानेजनर अंकित गौतमले जानकारी दिए ।

न्यू यिएर इभ मनाउन आउने पर्यटकहरुलाई बाटो बाटै स्वागत गर्ने कार्यक्रम रहेको रेष्टुरेण्ट एण्ड वार एसोसियसन रेवान सौराहाका प्रथम उपाध्यक्ष अर्जुन चौधरीले जानकारी दिए । सौराहाको सिसुवार स्थित घण्टाघर स्वागतद्धारमा दूइ जना महिलाले सौराहा प्रवेश गर्ने सवै पर्यटकलाई नमस्कार गर्दै स्वागत गरिने चौधरीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>