चितवन विशेष

एमाले चितवनको सचिवमा प्रताप डल्लाकोटीको उम्मेद्वारी घोषणा

Banner

चितवन,पुस १४-

नेकपा (एमाले) चितवनको सचिवमा युवा नेता प्रताप डल्लाकोटीले उम्मेद्वारी घोषणा गरेका छन् । उनले आज (बुधबार) फेसबुक मार्फत सचिव पदको आकांक्षा जाहेर गरेका हुन् ।

युवासंघका केन्द्रीय सचिव डल्लाकोटीले आफु सचिव पदमा उम्मेद्वारीको तयारीमा रहेको नारायणी अनलाइनलाई बताए । उनले भने,‘पार्टीलाई थप गतिशिल बनाउन युवाहरु नेतृत्वमा आउनुपर्छ,त्यसका लागि उम्मेद्वारी घोषणा गरेको हुँ ।’

अनेरास्ववियूबाट राजनीति सुरु गरेका डल्लाकोटी युवा संघको नगर,जिल्ला हुँदै अहिले केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । उनि युवा संघको वर्तमान जिल्ला इन्चार्ज,बागमती प्रदेश सहइन्चार्ज र केन्द्रीय सचिव हुन् । पार्टीको क्षेत्रिय कमिटी सचिवालय सदस्य भएर काम गरिसकेका डल्लाकोटी हाल जिल्ला कमिटी सदस्य रहेका छन् । एमाले चितवनको जिल्ला अधिवेशन २३ र २४ गते हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>