चितवन विशेष

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा चितवनका पन्त नियुक्त

Banner

चितवन, पुस १४–

बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा चितवनका डा कृष्णराज पन्त नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकारको गत पुस ९ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

नेकपा (एकीकृत समाजवादी) चितवनका अध्यक्ष समेत रहेका पन्तलाई आज प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा एक कार्यक्रमबीच पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

आयोगको सदस्यमा क्रमशः मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त हुनुभएका छन् । उहाँहरू दुवैलाई मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त गरेको हो । नेपाल कांग्रेस निकट हुनुहुन्छ भने लामिछाने नेकपा (माओवादी केन्द्र) निकट हुनुहुन्छ । लामिछाने संविधानसभा सदस्यसमेत हुन् ।

आयोगको अध्यक्षमा भने मुख्यमन्त्री स्वयं रहने व्यवस्था रहेको छ । आयोगमा अध्यक्ष र उपाध्यक्षसहित चार जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था रहेको छ । सरकारले हाल उपाध्यक्षसहित दुई सदस्य मात्रै नियुक्त गरेको छ । अन्य सदस्य समावेशीता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>