देश/प्रदेश

प्रेस स्वतन्त्र हननका ३१ घटनामा बाग्मती प्रदेशमा सबैभन्दा बढी

Banner

काठमाडौँ, पुस १३-

प्रेस काउन्सिल नेपालका अनुसार विगत पाँच महिनामा प्रेस स्वतन्त्रता हननका ३१ वटा घटना भएका छन् ।

प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता अनुगमन शाखामा अभिलेख भएअनुसार २०७८ साउन १ देखि २०७८ मंसिर मसान्तसम्ममा गिरफ्तारीका ५, कब्जा\अवरोधका २, आक्रमणका २, धम्की÷दुव्र्यवहारका १२ र पेसागत असुरक्षाका १० घटना भएका छन् ।

प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा १७ वटा घटना भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यस्तै प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा यस्ता २÷२ वटा घटना भएको पाइएको छ ।

आर्थिक वर्ष ०७७\७८ मा भने प्रेस स्वतन्त्रता हननका ६१ वटा घटना अभिलेख भएको पनि प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेख राख्ने साथै कतिपय घटनाका सम्बन्धमा विस्तृत अध्ययन एवम् अनुगमन गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>