चितवन विशेष
मन्त्री र केन्द्रीय सदस्यमा निर्वाचित श्रेष्ठद्धयलाई चितवनमा भव्य स्वागत
०

चितवन, पुस १२–
बागमती प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठ र नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित अञ्जनी श्रेष्ठलाई चितवनमा भव्य स्वागत गरिएको छ ।
नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ ले सोमबार उनीहरुलाई फूलमाला र खादा लगाएर स्वागत गरिएको हो । सोही वडाबासी श्रेष्ठद्वयलाई कांग्रेसका कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गरेका थिए । भरतपुरको हाकिमचोकबाट भरतपुरको क्यान्सर अस्पतालसम्म बाजासहित र्याली निकालिएको थियो। स्वागत पश्चात दुई नेताले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगेर जननेता वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका थिए ।
नेताद्धयलाई उच्च तहमा पुगेको खुसियालीमा सम्मानसहित स्वागत गरियो वडा सभापति विनोद ढकालले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























