Breaking News

नेपाली कांग्रेस चितवनको अधिवेशन पुस २७ मा हुने

Banner

चितवन, पुस १२–

नेपाली कांग्रेस चितवनको अधिवेशन यहि पुस २७ गते हुने भएको छ । जिल्ला सभापति जीतनारायण श्रेष्ठले पुस २७ गते भरतपुर अधिवेशन गर्न लागिएको जानकारी दिएका छन् ।

यसअघि दुई पटक मिती तोकेर पनि अधिवेशन स्थगीत हुँदै आएको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार जिल्ला अधिवेशन गर्न लागि सभापति श्रेष्ठले जानकारी दिए । केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन हुन बाँकी १६ वटा जिल्लाकै अधिवेशन एकैदिन पुस २७ गते गर्ने निर्णय गरेको सचिव केशव रिजालले जानकारी दिएका छन् ।

कांग्रेस महाधिवेशन अगाडि नै जिल्ला अधिवेशन गर्ने तयारी गरिए पनि नेकपा एमालेको दशमौं महाधिवेशन चितवनमै भएपछि जिल्ला अधिवेशन स्थगित भएको थियो । मंसिर १० गते कांग्रेसको जिल्ला अधिवेशन गर्ने मिति घोषणा गरिएको थियो । एमालेको पनि सोही दिन महाधिवेशन उद्घाटन तालिका थियो । सोही कारण देखाउँदै एकदिन पछि ११ गते अधिवेशन गर्ने अर्को तालिका जारी गरिएको थियो । तर जिल्ला निर्वाचन अधिकृतले नै राजीनामा दिएपछि सोही कारण देखाउँदै अनिश्चितकालका लागि अधिवेशन स्थगित भएको थियो ।

जिल्ला सभापतिका लागि आधा दर्जन आकांक्षी रहेका छन् । केही आकांक्षीले उम्मेद्वारी समेत घोषणा गरि सकेका छन् । सभापतिका उम्मेद्वार राजेश्वर खनालले पत्रकार सम्मेलन नै गरेर उम्मेद्वारी घोषणा गरि सकेका छन् भने हालका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, प्रा.डा.सूर्यकान्त घिमिरेलगायतले सामाजिक संजाल मार्फत सभापतिमा उम्मेद्वारी घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>