अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु

Banner

काठमाडौँ, पुस १२-

सोमबार अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको छ ।

रोइटर्स समाचार माध्यमको अनुसार ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको हुन् ।

बढ्दो संक्रमणबीच आजदेखि न्यू साउथ वेल्समा नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ । बार र रेष्टुरेन्टमा हरेक २ वर्ग मिटरको दूरीमा एक व्यक्ति बस्न पाउने लगायतका नियम लागू गरिएको समाचारमा उल्लेख छ ।

त्यस्तै सबैभन्दा धेरै जनसंख्या रहेको न्यू साउथ वेल्समा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>