अन्तर्राष्ट्रिय

भारतको बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट हुँदा ६ जनाको मृत्यु

Banner

नयाँ दिल्ली, पुस ११-

पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्। बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएको थियो ।

ूउद्धार प्रयासहरू भइरहेका छन् र भग्नावशेषमा हराइरहेकाको खोजी तिँर बनाइएको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन् । विष्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको छ र अनुसन्धान भइरहेको छ । विष्फोट यति भीषण थियो कि यस क्षेत्रको छेउछाउका कारखानाका टेरेसमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । विष्फोटले इलाकामा आतङ्क मच्चाएको र स्थानीय बासिन्दाहरू घरबाट बाहिर निस्केका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस-सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>