देश/प्रदेश
माघदेखि हालसम्म ९४ लाख ५० हजार नेपाललीले लगाए कोरोना विरुद्धको पूर्ण खोप

काठमाडौँ, पुस ११-
गत माघदेखि हालसम्म नेपालका ९४ लाख ५० हजार नागरीकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।
एक वर्षको अवधिमा नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना खोप प्रयोग गरिएको हो।
स्वास्थ्य मन्त्रालयको अनुसार हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । जसमध्य पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ रहेको छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार पुगेको छ।
नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा खोप आइसकेको मन्त्रालयको तथ्यांक छ। विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ ।
१८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ ।
त्यस्तै पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको मन्त्रालयको भनाइ छ।
प्रदेशहरूमा खोप अभियानको अवस्था हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा बढी खोप लगाइएको छ भने सबैभन्दा कम खोप प्रदेश २ मा लगाइएको छ ।
























