चितवन विशेष

चितवन स्कूल अफ फेशनको ‘फेसन स्टाइलिङ नाइट अफ विषेज (फोटो फिचर)

०
Banner

चितवन, पुस १०–

फेसन डिजाइनिङ अध्ययनरत विद्यार्थीहरुले तयार पारेको पोषाक प्रस्तुती रहेको नाइट अफ विशेज’ कार्यक्रम सम्पन्न भएको छ । नारायणगढको हङकङ बजारस्थित चितवन स्कूल अफ फेशनको आयोजनामा भरतपुर–३ क्षेत्रपुरस्थित सनसिटी वेन्क्विटमा शुक्रबार साँझ भएको कार्यक्रममा आकर्षक डिजाइनहरुमा मोडलहरुले र्‍याम्प वाक गरेका थिए ।

चितवनका विभिन्न सौन्दर्य प्रतियोगिताना सहभागी २० भन्दा बढी मोडलहरुले चितवन फेसनमा अध्ययनरत १८ जना विद्यार्थीहरुले डिजाइन गरेको पोषाकमा र्‍याम्प गरेका थिए । एक वर्षको डिप्लोमा कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउन पाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको चितवन स्कूल अफ फेशनका प्रमुख कार्यकारी अधिकृत रन्जित क्षेत्रीले बताए ।

क्रिसमसको पूर्व सन्ध्यामा ‘क्रिसमस थिम’, ‘क्याजुअल’ ‘लोलिता’ लगायतका बिभिन्न थिममा डिजाइनरहरुले तयार पारेको पोषाकमा मोडलहरुले वाक गरेका थिए । उनीहरुलाई कोरियोग्राफर मनिष तामाङले कोरियोग्राफी गरेका थिए । कार्यक्रम दुई सिक्वेन्समा भएको थियो ।

२०७५ सालमा स्थापना भएको स्कुलमा अहिले १८ जना विद्यार्थीले फेशन डिजाइनिङ अध्ययन गरिरहेका छन् । स्कूलमा फेशन डिजाइनिङको एक वर्षे डिप्लोमा अध्यापन हुन्छ । पहिलो शैक्षिक सत्रबाट १६ जना उतिर्ण भइसकेका छन् । फेसन डिजाइन अध्ययन गर्न चितवन बाहेक गोरखा, नवलपुरलगायतका जिल्लाबाट विद्यार्थीहरु चितवन आउने गरेका छन् । पछिल्लो समय नेपालमा नेपाली डिजाइनजरहरुले नै तयार पारेका पोषाकहरु बढी विक्री भइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>