Breaking News
चितवनमा बस र ट्रक ठोक्किदा ११ जना घाइते, एकको अवस्था गम्भिर
०

चितवन, पुस १०–
चितवनमा आज (शनिबार) दिउँसो बस र ट्रक ठोक्किदा ११ जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–२९ स्थित मुग्लिन नारायणगढ सडक खण्डको भतेरी जंगलमा बीरगन्जबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ९६७९ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५८६६ नम्बरको ट्रक एक आपसमा ठक्कर खांदा दुबै सावारी साधनमा सवार चालकसहित ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । उनीसहित १० जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने ट्रक चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाले अवरुद्ध बनेको सडक दिउँसो ३ बजे संचालनमा आएको थियो । प्रहरी टोलीले क्रेनको मद्दतमा दुबै सवारी साधनलाई हटाएर सडक संचालनमा ल्याईएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























