अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिनद्वारा अफगानिस्तानलाई सहयोग गर्न अमेरिका र उसका सहयोगीलाई आह्वान

Banner

काबुल [अफगानिस्तान], १० पुस –
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई “नष्ट” गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।

उहाँले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका र सहयोगीले अफगानलाई सहायता उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनुभएकोटोलो न्यूजले जनाएको छ ।”

जो-२० वर्षदेखि त्यहाँ छन्, अर्थतन्त्रलाई ध्वस्त पारेका छन्, उनीहरूलाई पहिले सहयोग उपलब्ध गराउनु आवश्यक छ,” पुटिनले टास समाचार एजेन्सीलाई बताउँनुभयो ।

राष्ट्रपति पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा स्पुतनिक समाचार एजेन्सीले सोधेको प्रश्नको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो।

उहाँले अफगानिस्तानको रोक्का गरिएको सम्पत्तिको बारेमा पनि कुरा उठाउँनुभएको छ ।

उहाँले भन्नुभयो, “सबैभन्दा पहिले, अफगानिस्तानका जनतालाई पूर्णहदसम्म मानवीय सहायता प्रदान गर्नका लागि विदेशी बैंक, मुख्यतया अमेरिकीद्वारा अफगानिस्तानको कोषलाई खुला गर्न आवश्यक छ, अन्यथा [देश] भोकमरी र अन्य गम्भीर समस्याको सामना गर्न सक्ने सम्भावना छ। जसको असर छिमेकी राष्ट्रसमेतमा पर्नेछ,’ उहाँले भन्नुभयो ।

तालिबानलाई आह्वान गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै जातीय समूहको प्रतिनिधित्वबाट समावेशी सरकार गठन गर्नुपर्ने बताउँनुभएको छ ।

पुटिनले भन्नुभयो, “अहिले अफगानिस्तानको नेतृत्वमा रहेका सेनाले देशको नेतृत्वमा सबै जातीय समूहलाई प्रतिनिधित्व गर्न तयार हुनुपर्छ ।”, टोलो न्यूजले रिपोर्ट गरेको छ।

यसबाहेक, उहाँले काबुल र मस्कोबीचको सम्बन्ध “सम्भव राम्रो तरिकाले”, विकास हुने बताउँनुभएको छ।

“यो हाम्रो लागि निष्क्रिय मुद्दा होइन किनभने हामीसँग मध्य एसियाली गणतन्त्र, सोभियत संघका पूर्वगणतन्त्रसँग खुला सीमाना छन्, र निश्चितरूपमा, त्यहाँ केही चरमपन्थी तत्त्वको सम्भावित आक्रमणले हामीलाई सचेत रहन झक्झकाएको छ” पुटिनले थप्नुभयो । (रासस/एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>