चितवन विशेष

भरतपुरको दण्डपाणि न्यौपाने माविका ७० विद्यार्थीलाई न्यानो कपडा सहयोग

Banner

चितवन, पुस १०-

भरतपुरमा पूर्वविद्यार्थीहरूले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई उपहार प्रदान गरेका छन् ।

भरतपुर महानगरपालिका– १३ चम्पानगरस्थित हिमालय दण्डपाणि न्यौपाने माध्यमिक विद्यालयको एसएलसी ब्याच २०५४ ले विद्यालयमा अध्ययनरत ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरतमध्ये गरिब र विपन्न परिवारका ७० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको कपडा वितरण कार्यक्रमकी सभापति सुष्मा ढकालले जानकारी दिइन् । उक्त ब्याचमा अध्यापन गराउने शिक्षकहरूसहितको उपस्थितिमा विद्यालयमा नै एक कार्यक्रम गरी कपडा वितरण गरिएको हो ।

आफू पढेको विद्यालयमा आएर सहयोग अभियानमा जुटेकोमा विद्यालयका प्रधानाध्यापक त्रिलोचन सापकोटाले सम्पूर्ण पूर्वविद्यार्थीहरूलाई धन्यवाद व्यक्त गरे । यो विद्यालय चितवनको समुदायिक विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने मध्येको एक हो । सहयोग अभियान सहित विद्यालयमा जोड्एिकोमा पूर्वशिक्षक हरिश्चन्द्र सुवेदी र दीपक अर्यालले खुसी व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>