अन्तर्राष्ट्रिय

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

Banner

पोर्ट मोरेस्बी [पपुवा न्युगिनी], १० पुस –
पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ ।

पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ। (रासस-एएनआई / स्पुतनिक)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>