Breaking News

बागमती सरकारः कांग्रेसबाट चितवनका श्रेष्ठ र पौडेल बने मन्त्री

Banner

चितवन, पुस ९–

बागमती प्रदेश सरकारमा चितवनबाट थप दुई जना मन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार मन्त्रीपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसको तर्फबाट चितवनका सांसद मिलनबाबु श्रेष्ठ र बलराम पौडेललाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

श्रेष्ठ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र पौडेल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त भएका हुन् । मन्त्रीहरुहरुको आजै अपरान्ह सपथ ग्रहण हुँदैछ । मन्त्री श्रेष्ठ युवाहरुमाझ चर्चित छन् भने पौडेल चितवनका पुराना नेता हुन् ।

चितवनबाट यसअघि नेकपा (माओवादी केन्द्र)का नेता घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्रीमा नियुक्त भइसकेका छन् । यसअघिसंगै पाण्डे सरकारमा चितवनबाट तीन मन्त्री रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>