Breaking News

नारायणी पुलबाट हामफालेकी युवतीको मृत्यु, सनाखत हुन सकेन

Banner

चितवन, पुस ९–

चितवनमा नारायणी नदी पुलबाट हामफालेर एक युवतीको मृत्यु भएको छ ।

आज (शुक्रबार) दिउँसो १२ः५५ बजेको समयमा हामफालेकी युवतीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । अन्दाजी १९ वर्षीय युवती नदीमा हाम फालेको सूचना पाउने वित्तिकै प्रहरी टोली पुगेको थियो । उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो । उनको शव भरतपुर शव गृहमा राखिएको छ ।

पहिचान नखुलेकाले सनाखतका लागि प्रहरीले चिनजानका मानिसहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । पछिल्लो समय नारायणी फुलबाट हाम फाल्नेको संख्या बढ्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>