देश/प्रदेश

ललिता निवास प्रकरणमा सुबेदी दम्पती समातिए

Banner

काठमाडौँ, पुस ७-

ललिता निवास जग्गा प्रकरणमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले रामकुमार सुवेदी र उनकी श्रीमतीलाई मंगलबार बेलुका नियन्त्रणमा लिएको हो।

ब्युरोका प्रमुख डिआइजी धिरजप्रताप शाहका अनुसार सुबेदीलाई उनको घरबाटै र उनकी श्रीमतीलाई बागबजारबाट नियन्त्रणमा लिइएको हो। सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको प्रकरणमा अनुसन्धानका लागि प्रहरीले सुबेदी दम्पतीलाई नियन्त्रणमा लिएको हो।

ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि विशेष अदालतमा ११० जना विरुद्ध मुद्दा दायर गरेको थियो।
मुद्दा दायर हुँदा सुवेदी दम्पती फरार थिए । उनीहरुलाई अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि म्याद थप भइरहेको डिआइजी शाहले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>