अन्तर्राष्ट्रिय

भारतमा ओमिक्रोन संक्रमितको संख्या २१३, ९० जना संक्रमण मुक्त

Banner

काठमाडौँ, पुस ७-

भारतमा पछिल्लो समय कोरोना भाइरस सँगसँगै ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या दिनप्रति दिन बढ्दो क्रममा छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २१३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ भने ६ हजार ३ सय १७ जनाका कारेना संक्रमण पुष्टि भएको छ ।

ओमिक्रोन भेरियन्टको सबैभन्दा धेरै संक्रमित दिल्लीमा रहेका छन् । दिल्लीमा ५७ जनामा र महाराष्ट्रमा ५४ जनामा संक्रमण पाइएको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ९० जना ओमिक्रोनबाट संक्रमित संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ६ जना कोरोना संक्रममणबाट मुक्त भएका छन् र ३ सय १८ जनाको मृत्यु भएको छ। ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>