Breaking News
भरतपुर महानगरपालिकाले ४ वर्षमा बनायो १३ वटा नयाँ वडा कार्यालय भवन

चितवन, पुस ६–
भरतपुर महानगरपालिको पछिल्लो ४ वर्षमा १३ वटा नयाँ वडा कार्यालय भवन निर्माण गरि संचालनमा ल्याएको छ । सोही अनुरुप मंगलबार भरतपुर महानगरपालिका वडा न ५ को वडा कार्यालय भवनको उदघाटन गरिएको छ ।
१ करोड ८७ लाखेमा निर्मित ३ तले भवनमा बेसमेन्ट पार्किङ सहित मिटिङ हल ,कार्यालय कोठा १२ वटा रहेको छन । साघुरो र जिर्ण रहेको भवन भत्काई नयॉ अत्याधुनिक भबन बनेसंगै सेवाग्राहीहरूले सहज र व्यवस्थित सेवा पाउने वडा नं ५ का वडा अध्यक्ष पदमपाणि सुवेदीले जानकारी दिए ।
महानगरपालिकाकी आर्किटेक ईन्जिनियर अस्मिता खनालले महानगरपालिकाले ४ वर्षमा वडा नं ५ ,१७, २४,१२,१०,२,२३,२९,१३,८, ७,२८ गरि १२ वटा वडा कार्यालयहरूको निर्माण सम्पन्न गरी संचालनमा आएको र त्यसका लागि २० करोड खर्च भएको बताईन् । अन्य वडा कार्यालयहरू करिब १४ करोडको खर्चगरी व्यवस्थित र सुबिधा सम्पन्न बनाई संचालनमा ल्याएको उनले बताईन ।
सो भवनको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले नगरवासीको आधारभूत सेवा प्रवाह गर्न वडा कार्यालय भवनहरू निर्माण गर्ने कार्यलाई अभियानकै रूपमा लिएर आगाडी बढाएको बताइन् । बॉकी जिर्ण वडा कार्यालयहरू मर्मत संभार गरि आधुनिक बनाईएको भन्दै यसका लागि ३५ करोड बजेट वडा कार्यालयहरू निर्माणमा खर्च गरिएको जानकारी दिइन् । भरतपुर महानगरपालिकाले वडा कार्यालयका अलवा विद्यालय भवन निर्माण, पूननिर्माण र शैक्षिक गुणस्तर वृद्दिमा समेत उल्लेख्निय कामहरू सम्पन गरेको बताईन् । ‘भरतपुर अहिले विकासको एउटा मोडलको रूपमा विकास हुँदै गएको छ’, मेयर दाहालले भनिन, ‘ यसका लागि साथ सहयोग गर्ने नगरवासीहरू प्रति आभार व्यक्त गर्दछ ।’
सिटीहल ,रिङरोड (लिङरोड), छ लेन सडक लगायतका गौरवका आयोजनाहरू धमाधम अगाडी बढिरहेको बताउँदै गौतमबुद्द अन्तराष्ट्रिय क्रिकेट रंगशाला ,भरतपुर बिमानस्थल विस्तार तथा नारायणी नदीको तटबन्धनपनि छिट्टै अगााडी बढ्ने बताईन् । कृषि ,पर्यटन ,स्वास्थ्य क्षेत्रले भरतपुरमा गुणात्मक फड्को मारेको भन्दै उनले शुसासन आफ्नो एकमात्र लक्ष्य भएको बताईन ।
यस्तै कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी उप प्रमुख पार्वती शाह ठकुरीले वडा भवन समयमै गुणस्तरिय ढंगले निर्माण सम्पन्न गरि संचालनमा ल्याएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन, ‘हामिले हाम्रो कार्यकालमा के कति काम गर्यौ त्यो तपाईहरूको आँखा अगाडी रहेको छ, त्यस्को मूल्याङ्कन तपाइहरु आफै गरिदिनुहोला ।’
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्दु सुवेदीले महानगरपालिकाले देशका अन्य पालिकाहरूले अनुशरण गर्नुपर्ने थुप्रै नविनकामहरू गरिरहेको भन्दै यसबाट गर्व गर्नुपर्ने बताए । सो अवसरमा उनले व्यवस्थित र सुबिधा सम्पन्न वडा कार्यालय भवन संचालनमा आएकोमा खुसी व्यक्त गरे ।
यस्तै कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरूणपिडित भण्डारीले अन्तिम समयमा पुगेको जनप्रतिनिधिहरुको टिमले भरतपुरको बृहत्तर विकासको उच्चतम नमुना प्रस्तुत गरेको बताए । उनले नगरप्रमुखको कुशुल नेतृत्वको कारण मात्र काम सम्भव भएको बताए ।
























