अन्तर्राष्ट्रिय

हत्या संलग तीन व्यक्तिलाई जापानले दियो मृत्युदण्ड

Banner

टोकियो, पुस ६-

जापानले मङ्गलबार मृत्युदण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ।

ती व्यक्तिहरूमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् ।

यस अघि जापानमा अन्तिम मृत्युदण्ड डिसेम्बर २६, २०१९ मा भएको थियो । रासस/एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>