अन्तर्राष्ट्रिय

अमेरिकामा पहिलो ओमिक्रोन सङ्क्रमितको मृत्यु

Banner

ह्युस्टन, पुस ६-

ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड(१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ । ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको सङ्क्रमणबाट मृत्यु भएको, ह्यारिस काउन्टी न्यायाधीश लीना हिडाल्गोले ट्विट गर्नुभएको छ ।

एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन-सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको उल्लेख गरेका छन् ।
एबीसी न्यूज र फक्स न्यूजका रिपोर्टहरूले यो संयुक्त राज्यमा ओमिक्रोन-सम्बन्धित मृत्युको पहिलो रेकर्ड भएको मानेका छन्। डिसेम्बर १८ सम्ममा देशभरका नयाँ संक्रमित केसहरूमा ७३.३ प्रतिशत ओमिक्रोनले ओगटेको रोग नियन्त्रण र रोकथामका लागि अमेरिकी केन्द्रहरूले सोमबार जनाएका छन्। रासस/ सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>