अन्तर्राष्ट्रिय

तालिबानद्वारा पाकिस्तानमा फेरी युद्धको घोषणा

Banner

एजेन्सी ।

तालिबानले पाकिस्तानमा युद्ध विराम समाप्त गर्ने घोषणा गरेको छ। तालिबानले सरकारमाथि कैदीहरूलाई मुक्त गर्ने समझौताको उल्लङ्घन गरेको आरोप लगाउदै सो घोषणा गरेको हो।

पाकिस्तान तालिबान र तहरीक ए तालिबान पाकिस्तानले वर्षौंदेखि सरकार विरूद्ध लडिरहेको छ। सरकारले सम्झौताअनुरूप १ सय भन्दा धेरै कैदीलाई मुक्त नगरेको र वार्ताको निम्ति टीम पनि नबनाएको आरोप लगाएको छ।

उल्लेख्य छ कि तालिबानले गत केही वर्षमा थुप्रै आत्मघाती हमला र बम विस्फोट गराएको छ जसमा हजारौं सैनिकहरू र आम नागरिकहरूको मृत्यु भयो। २०१४ मा अफगानिस्तानको सीमा नजिक पेशावर स्थित सेनाको स्कूलमा हमला गरिएको थियो जसमा १३२ बालबालिका सहित १४९ जनाको मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>