अन्तर्राष्ट्रिय

आइएमएफले पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य थप बढाउन भन्योः प्रधानमन्त्री खानका सल्लाहकार

Banner

इस्लामवाद ।

पाकिस्तानमा चर्को मूल्यवृद्धि भइरहेको छ, यससँगै भर्खरै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि पछि त्यहाँ विपक्षी पार्टीले ठुलै विरोध प्रदर्शन गरिरहेको अवस्था छ । तर आगामी दिनमा पाकिस्तान सरकारले पेट्रोलियम पदार्थको मूल्यमा थप वृद्धि गर्ने लगभग पक्कापक्की भएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानका आर्थिक मामिलाका सल्लाहकार शौकत तरिनलाई द न्युज इन्टरनेशनलले उद्धृत गरेको छ ।

तरिनका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पाकिस्तान सरकारलाई विश्वव्यापी पेट्रोलियम पदार्थको मूल्यसँग तालमेल मिल्ने गरी थप मूल्यवृद्धि गर्ने भनेको हो । यदि पेट्रोलियम पदार्थको विश्वव्यापी मूल्य घटेमा पाकिस्तानले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउने भनी तरिनले बताएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य विश्वव्यापी मूल्यसँग सम्बन्धीत भएकाले पाकिस्तान सरकारको नियन्त्रणमा पेट्रोलियम पदार्थको मूल्य नरहेको तरिनले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>