Breaking News

ओली गफाडी नम्बर वान हुन् भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छः नेपाल

Banner

काठमाडौँ, पुस ५-

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष ओलीको चर्को आलोचना गरेका छन् ।

समाजवादी प्रेस संगठनले सोमबार पुस ५ को सन्दर्भमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भने, ’ओली गफाडी नम्बर वान हुन भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ ।’

अध्यक्ष नेपालले आगामी निर्वाचनमा कुनै पनि दलको बहुमत आउने सम्भावना नभएकोले गठबन्धन राजनीति अघि जाने बताएका छन् । उनले गठबन्धनमा यस विषयमा छलफल भइरहेको बताए ।

‘राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने हाम्रो सहमति भइरहेको छ,’ नेपालले भने, ’आगामी चुनावमा कसैले पनि बहुमत आउँदैन । त्यसैले गठबन्धनको सरकार लामो समयसम्म चल्ने छ । यस विषयमा पनि गठबन्धनभित्र छलफल भएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>