अर्थ

३२ करोडको लगानीमा भरतपुरमा सिएमटी रिर्साेट सञ्चालनमा

Banner

चितवन, पुष ५ –
भरतपुरमा सिएमटी रिर्सोट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका ९ हाकिमचोकमा चितवन मिड टाउन रिर्साेट प्रालि सञ्चालनमा आएको हो ।

रिर्साेट सञ्चालकि समितिले आज रिर्सोटमा पत्रकार सम्मेलन गर्दे रिर्साेट पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिएको हो ।

रिर्साेटका प्रबन्ध निर्देश मदन घिमिरेले ३२ करोडको लगानीमा ६५ जना मिलेर रिर्साेट खोलेका जानकारी दिए । उनले १ विघा क्षेत्रफलमा रिर्साेट रहेको बताउँदै १४ कठ्ठा जग्गा वाणिज्य बैंकको सरकारी जग्गा भाडामा लिएको र बाँकी व्यक्तिको जग्गा भाडामा लिएको बताए ।

रिर्साेटमा आधुनिक सुविधा सम्पन्न एक्जुकेटिभ कोठासहित ४२ वटा कोठा रहेको बताए । उनका अनुसार रिर्साेटमा २५०० सिट क्षमताको इभेन्ट हलसहित अन्य तीन वटा हल, एकैपटक १०० जनालाई खुवाउन मिल्ने भोजनालय, बार, कफिसप, स्वीमीङपुल, वालग्यासकेट सहित फाउण्टेनको समेत व्यवस्था रहेको छ ।

रेष्टुरेण्टमा सकभर अर्गानिक खाद्यान्न प्रयोग गर्ने लक्ष्य रहेको बताउँदै घिमिरेले अजिनामोटो र रंगहरुको प्रयोग नगरिने बताए । खाना गुणस्तरीय खुवाइने उनको भनाइ छ । नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल र थाई परिकारहरु रेष्टुरेण्टमा पाइने छ । ग्याँसको खपत कम गर्ने गरी बिजुली र बाफबाट खाना पाक्ने प्रविधि किचनमा रहेको उनले जानकारी दिए ।

रिर्साेटमा अत्याधुनिक सुविधा सम्पन्न डिस्को बारसहितको पार्टी बसको समेत व्यवस्था रहेको छ । घिमिरेका अनुसार जसमा चढेर विभिन्न पर्यटकीय स्थलहरुमा जान सकिने छ । विभिन्न पार्टी गर्न सकिने छ । चितवनका पर्यटकीय स्थलहरुमा घुम्न रिर्साेटले सबै प्रकारको समन्वयन गर्ने घिमिरेले बताए ।

रिर्साेटले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पाहुनाहरुलाई विशेषरुपमा लक्ष्ति गरेको बताउँदै घिमिरेले इभेन्ट आयोजक र सामाजिक उत्सव मनाउने ग्राहक साथै व्यावसायिक पर्यटक र साहसी पर्यकटकलाई लक्ष्ति गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>