मकवानपुर

गैरसरकारी संस्था महासंघको केन्द्रीय सचिवमा लामा चयन

Banner

मकवानपुर, पुस ५–

गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा चयन भएका छन् ।

दशौं राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि आईतबार बसेको पहिलो पूर्ण बैठकले लामालाई सचिव चयन गरेको हो ।गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था महासंघ मकवानपुरको पूर्व अध्यक्ष समेत हुन् । केन्द्रीय सचिवमा चयन भएपछि लामाले सहयोग एवं समझदारीको लागि सबै केन्द्रीय कार्यसमिति र सदस्यहरुलाई फेसबुकमार्फत् धन्यवाद व्यक्त गरेका छन् ।

‘मलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेकोमा केन्द्रीय कार्यसमिति प्रति हार्दिक आभार प्रकट गर्दै मलाई दिएको जिम्मेवारीमा ईमान्दारीपुर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ गैरसरकारी संस्था महासंघ मकवानपुरको कोषाध्यक्ष, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष भएका लामाले मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष र बागमती प्रदेश अध्यक्षको भुमिका समेत निर्वाह समेत गरिसकेका छन् । २५ बर्षदेखी गैरसरकारी संस्थामा क्रियाशील लामा युवा सेवा समाज(युसेस) मकवानपुरको अध्यक्षको रुपमा क्रियाशील छन् ।

यसैबिच, मकवानपुरकी गैरसरकारी संस्थाकर्मी ईन्दिरा न्यौपाने गैरसरकारी संस्था महासंघको बागमती प्रदेश सहइन्चार्जमा चयन भएकी छिन् । पुस २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत निर्वाचित ४७ केन्द्रीय सदस्यको पूर्ण बैठकले रुपमा जिम्मेवारी तोकेको थियो ।

जसअनुसार गैरसरकारी संस्था महासंघको अध्यक्षतमा रामप्रसाद सुवेदी, बरिष्ठ उपाध्यक्षमा ध्रुवदेव यादव, उपाध्यक्षमा हिम शर्मा र भावना भट्ट, महासचिवमा अर्जुन भट्टराई, उप– महासचिवमा उमेश विश्वकर्मा र राजेन्द्र शर्मा लगायत रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>