अन्तर्राष्ट्रिय

भारतको केरलमा १२ घण्टाभित्र दुई नेताको हत्या

Banner

काठमाडौँ, पुस ४-

भारतको शनिबार राति केरल राज्यमा १२ घण्टाभित्र भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको छ ।

केरलको अलाप्पुझामा गय राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शान र त्यसको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासन गरी दुई जनाको हत्या भएको हो ।

भारतीय समाचार माध्यमको अनुसार घर जाने क्रममा कारमा आएको एक समूहले शान चढेको मोटरसाइकललाई हिर्काएर चक्कु प्रहार गरी उनको हत्या गरेका थियो । चक्कु प्रहारबाट गम्भीर घाइते उनलाई तत्कालै कोची अस्पतालमा लगिएको तर उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार बिहान मर्निङ वाकका लागि बाहिर निस्कने तयारी गरिरहेका बेला श्रीनिवासन माथी धारिलो हतियार प्रहार गरीएको थियो । त्यस्तै हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भाजपाको ओबीसी मोर्चाका प्रान्तीय सचिवसमेत रहेका श्रीनिवासन हालै सम्पन्न विधानसभा चुनावमा उम्मेदवार थिए ।

दुई नेताको हत्या लगत्तै अलाप्पुझा जिल्लामा फौजदारी कानुनको खण्ड १४४ अन्तर्गत सोमबारसम्म निषेधाज्ञा लागू गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>