गण्डकी

‘दलहरुबीच परामर्शपछि मात्र एमसीसी अघि बढ्छ’; सहमहामन्त्री परियार

Banner

कास्की, पुस ४ –

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जनाएपछि मात्र एमसिसी संसद्बाट पारित हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसिसी टेबल हुने सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा उहाँले सबै दलसँग परामर्श गरेर संसद्बाट पारित हुने गरी छलफल गरेरमात्र कांग्रेसले एससिसीको प्रस्ताव अघि बढाउने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसिसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दाबली र बुँदा हटाएर सबै दलहरुसँग परामर्श गरेर संसद्बाट पारित हुन सक्ने गरी कांग्रेसले अगाडि बढ्छ ।”

कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मुल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढङ्गले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पार्टीमा नेतृत्व चयनको अधिवेशन गरेका छौँ, अब वैचारिक र साङ्गठनिक रुपमा कसरी पार्टीलाई अघि बढाउने भन्ने दस्तावेज केन्द्रीय कार्य समितिले प्रस्ताव गरेर महासमितिको भेलाबाट पारित गरेर अघि बढ्न जरुरी रहेको ।”

पार्टीभित्र विचारको बहस आवश्यक रहेकामा जोड दिँदै नेता परियारले त्यो विचारको बहस विना सैद्धान्तिक विचारमा स्पष्टता नआएसम्म पार्टीले दृष्टिकोण अगाडि बढाउन नसक्ने उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>